‌ओमप्रकाश अर्याल भन्छन्:

‘न्यायपालिका बचाउन पहिलो शहीद बन्न तयार छु’

काठमाडौँ । अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा हतियारसहितका प्रहरी परिचालन गरिएको भन्दै आक्रोश पोखेका छन् । आफूहरूलाई धम्क्याउन एसएलआर बोकेको ‘स्पेसल टास्क फोर्स’ परिचालन गरे पनि त्यस्ता धम्कीले कुनै असर नगर्ने बताए । यस्तै अधिवक्ता अर्यालले न्यायालय बचाउनका लागि आफू मर्नसमेत तयार रहेको बताएका छन् ।

उनले भने,  ‘अदालतमा एसएलआर किन ल्याइन्छ ?  के हाम्रो हत्या गर्न एसएलआर ल्याइएको हो ? चोलेन्द्रले हाम्रो हत्या गर्न खोजेको हो ? त्यसो हो भने म पहिलो शहीद बन्न तयार छु । तर न्यायपालिका बचाउनुपर्छ ।’ उनले एसएलआरसहितको प्रहरी अदालतभित्र छिराएर दमन गर्ने कार्य स्वीकार्य नरहेको समेत  बताए ।

यो पनि…

    प्रहरीले गर्‍यो बल प्रयोग, बार अध्यक्ष श्रेष्ठसहित १२ घाइते

   चण्डेश्वरको प्रश्न- ‘जबरा न्यायालयलाई घाइते बनाउन प्रधान न्यायाधीश बन्नुभएको हो ?’

    प्रधान न्यायाधीशको सुरक्षामा एसएलआरसहित ‘स्पेसल टास्क फोर्स’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *