प्रधान न्यायाधीशको सुरक्षामा एसएलआरसहित ‘स्पेसल टास्क फोर्स’ 

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिएका वकिलहरूलाई रोक्न हतियारसहित नेपाल प्रहरी सर्वोच्च अदालतमा पुगेको छ । एसएलआर बोकेर प्रहरी जवानहरू सर्वोच्च परिसरमा तैनाथ छन् । उनीहरू पहिलो पंक्तिमा खटिएका प्रहरीभन्दा पछाडि तैनाथ छन् ।

एसएलआरसहित तैनाथ टोलीमा एसटीएफ (स्पेसल टास्क फोर्स) लेखिएको छ । एसएलआर  घातक हतियार मानिन्छ ।  प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको सुरक्षामा पनि स्पेसल टास्क फोर्स खटिएको हो । वकिलहरूको प्रदर्शनमा  पहिलो पटक एसएलआरसहितको टोली देखिएको हो ।

यसअघिका प्रदर्शनमा यसरी हतियारसहित प्रहरी नदेखिएको एक वकिलले बताए । यस्तै प्रहरीहरूले अश्रुग्याँस प्रहार गर्ने बन्दुक र दंगा नियन्त्रणमा उपयोग गरिने अन्य उपकरण समेत बोकेका छन् ।

यसैबीच आज सर्वोच्चमा प्रहरी र कानुन व्यवसायीबीच घम्साघम्सी हुँदा प्रहरीले बल प्रयोग गरेको छ । सर्वोच्चको गेटमा धर्ना दिन लाग्दा वकिलहरूलाई प्रहरीले धकेल्दै रोक्न खोजेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *