जबरा निभ्न लागेकाे बत्ती हुन् : पूर्वअध्यक्ष दाहाल

काठमाडौँ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रहरी हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनमा प्रहरीले बल प्रयाेग गरेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

सर्वोच्च परिसरमा बोल्दै वरिष्ठ अधिवक्ता दाहालले प्रधान न्यायाधीश जबरा लाई ‘निम्न लागेको बत्ती’को संज्ञा दिँदै बारले कुनै पनि हालतमा मान्यता नदिने बताए । ‘स्थिति गम्भीर भइसकेको छ । प्रहरी हस्तक्षेप भएको छ । यसलाई बन्द गर्नुपर्छ,’ उनले भने, ‘यो निम्न लागेको बत्ती हो । उहाँको विपरीत बुद्धिले विनासकाल आएको छ । प्रहरीमा प्रहरी ल्याउनु कानून विपरीत हो ।’

उनले गृहमन्त्री बालकृष्ण खाणलाई प्रहरी बर्बरता बन्द गर्न चेतावनी समेत दिए । ‘प्रहरी हटाउनुस् । गृह प्रशासनसँग मिलेर कुनै अप्रिय घटना भएमा प्रन्या जिम्मेवार हुनेछन्,’ उनले अगाडि भने, ‘आज एउटा गेट बन्द छ । भोलि अर्को गेट पनि बन्द हुने अवस्था आउँछ त्यसैले सहज बहिर्गमन गर्नुस् ।’

उनले पोखरामा तोकिएको राष्ट्रिय सम्मेलन काठमाडौँमा सार्न आग्रह गरे । ‘सितिमिति प्रन्या छोड्ने अवस्था छैन । पोखरामा तोकिएको राष्ट्रिय सम्मेलन काठमाडौँमै गरौँ,’ वरिष्ठ अधिवक्ता दाहालले भने, ‘तीन हजार साथीहरू सडकमा राखेर प्रदर्शन गर्न सकियो भने प्रभावकारी हुन्छ । कत्रो हलचल पैदा होला । मुलुकमा युगान्तकारी परिवर्तन हुन सक्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *