केएमसीको शिविरबाट काठमाडौँको ज्याथाका नौ सय बिरामी लाभान्वित

काठमाडौँ । काठमाडौँ महानगरपालिका-२७ ज्याथामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नेपाल व्यायाम मन्दिर, अन्नपूर्ण मिसा पुचः र ज्याथा युवा तथा सामुदायिक विकास क्लबको सह-आयोजनामा काठमाडौँ महानगरपालिका २७ नं. वडा कार्यालयले एक दिने शिविर आयोजना गरेको हो ।

स्थानीय अल्वर्ट आईन्स्टाईन स्कुलमा आयोजित शिविरमा काठमाडौँ मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा ९ सय ६३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १९८ जनाको रक्त परीक्षण, १९४ जनाको भिडियो एक्स-रे र १७४ जनाको इसीजी गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएका ५५ जना बिरामी दाँत खोलिएको छ ।

शिविरमा हाडजार्नी तथा नसा, दात, आँखा, प्रसूति तथा स्त्री, छाला तथा यौन, बाल, नाक, कान, घाँटी लगायत समस्याका बिरामीहरू उपचारका लागि आएका थिए । शिविरबाट ज्याथासहित आसपास क्षेत्रका विपन्न बिरामीहरू बढी लाभान्वित भएको आयोजकले जनाएको छ । केएमसीले पछिल्लो समय विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *