प्रधान मन्त्री देउवाले भने- ‘कसैसँग पनि गठबन्धन हुन्नँ, कांग्रेस एक्लै चुनाव लड्ने हो’

काठमाडौँ । प्रधान मन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको स्पष्ट पारेका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा देउवाले चुनावमा सामेल गर्ने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेका हुन् ।

आइतबार बसेको बैठकमा नेता प्रकाशमान सिंहले ‘निर्वाचनमा पनि तालमेल हुन्छ भन्ने आइरहेको छ नि रु’ भन्दै जिज्ञासा राखेका थिए । जवाफमा देउवाले चुनावबारे कुरै नभएको जिकिर गरे । ‘यहाँ सुन्नुहोस्, सरकार त रहन्छ, चुनावी गठबन्धन हुन्छ कहाँ भनेको छुँ मैले ? कसैसँग पनि गठबन्धन हुन्नँ । एक्लै लड्ने हो,’ उनले भने, ‘गठबन्धन गर्ने भनेर कसैसँग कुनै सहमति भएको छैन ।’

प्रधान मन्त्री देउवाले गठबन्धन दलहरूबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने दोहोर्‍याए । गत कात्तिक २२ मा बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र (समन्वय समिति) गठन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *