उपत्यकाका सबै बार इकाईहरू सर्वोच्च परिसरमा केन्द्रित हुने

काठमाडौँ । सोमबारदेखि काठमाडौँ उपत्यकाका सबै बार इकाईहरू सर्वोच्च परिसरमा केन्द्रित हुने नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पाैडेलले बताएका छन् ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूहरूको आन्दोलन दबाउनका लागि बिचौलिया र भिजिलान्ते प्रयोग गरेको पनि उनले आरोप लगाए । उनले भोलिदेखि प्रधान न्यायाधीश विरुद्ध थप आन्दोलन सशक्त हुने भन्दै सबै बार इकाईका वकिलहरुलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *