हामीलाई उत्ताउलो बन्न चोलेन्द्रले बाध्य पारे : वरिष्ठ अधिवक्ता भण्डारी

काठमाडौँ । वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराका कारण आन्दोलन अमर्यादित भएको बताएका छन् । दैनिक जसो जबराविरुद्धकाे आन्दोलनमा सहभागी हुने गरेको ९५ वर्षीय भण्डारीले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

प्रधान न्यायाधीश नै अमर्यादित बनेपछि आफूहरू उत्ताउलो बन्न बाध्य भएको बताएका हुन् । ‘अहिलेको आन्दोलन अमर्यादित भएको नै छ । यो शोभनीय होइन,’ उनले भने, ‘तर हामी बाध्य छौँ, मर्यादालाई हात मारेपछि हामीले लत्त्याउनै पर्‍यो । आन्दोलन अझै चर्किन्छ ।

उनले आफूलाई वार पारका रणनीतिमा अघि बढेको बताए । ‘हामी बाटो तय गर्दैछौँ । घर सफा हुन्छ, तर निर्लज्ज भएपछि कुनै औषधी हुँदैन रहेछ,’ उनले भने, ‘न्यायाधीश नै विद्रोहमा त छन् तर, हामीबीच एकता नहुँदा पनि आन्दोलन बलियो हुन् सकेको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *