‘आँधी तुफान २’ निर्माता र निर्देशक बिच खटपट !

काठमाडौँ । चलचित्र ‘आँधी तुफान २’ का निर्माता र निर्देशकबिच खटपट भएको बुझिएको छ । निर्देशक मदन घिमिरेले लेखकसमेत रहेका निर्माता मौनता श्रेष्ठको चलचित्रमा काम नगर्ने खबर बाहिरिएसँगै टिममा विवाद रहेको खबर सार्वजनिक भएको हो ।

घिमिरेले निर्माता भएको आडमा कलाकार परिवर्तनदेखि चलचित्रको विषय समेत परिवर्तन गरेको आरोप लगाएका छन् । निर्माता हाबी भएकोले काम गर्न अप्ठ्यारो भएको उनको तर्क छ ।

यता, मौनता यो खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा देखिएका छन् । उनले एकतर्फी कुरा सुनेर समाचार नबनाउन आग्रह गरेका छन् । चलचित्रको गीत छायाङ्कनका लागि गोवामा रहेका उनले आफू फर्किए सँगै कुरा गर्ने समेत बताएका छन् ।

कलाकारसँगै श्रेष्ठ गोवा पुग्दा निर्देशक भने आफूलाई थाहा नै नदिएर छायांकन भइरहेको बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *