आइतबार पनि प्रधान न्यायाधीशलाई सर्वोच्च छिर्न दिदैनाैँ : बार

काठमाडौँ । आन्दोलनरत नेपाल बार एशोसिएशनले आइतबार पनि प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत छिर्न नदिने घोषणा गरेको छ । बारको आह्वानमा शुक्रबार (आज) पनि वकिलहरूले प्रधान न्यायाधीश जबरालाई सर्वोच्च छिर्न नदिने भन्दै मूल गेटमा धर्ना दिएका थिए । यद्यपि प्रधान न्यायाधीश अर्कै गेटबाट छिरेका छन् ।

यसपछि थप चिढिएको बारले आइतबार पनि सोही प्रकृतिको आन्दोलन जारी राख्ने भएको घोषणा गरेको हो । ‘आइतबार पनि हामीले धर्ना दिन्छौँ,’ बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘बारतर्फको सानो गेट नथुनियोस् ।’

आफूहरू सडकमा जान नचाहेको तर, सर्वोच्च प्रशासनले ठूलो संख्यमा सुरक्षाकर्मी परिचालन गरेर आफूहरूको स्वतन्त्र न्यायापालिका बनाउने कोसिसमा भाँजो हालेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘सर्वोच्च प्रशासनले हामीमाथि दुर्व्यवहार गर्न खोज्यो । यसपछि थप सशक्त आन्दोलन गर्नुपर्ने भयो । हामी आइतबार पनि सर्वोच्चकै प्राङ्गणमै धर्ना दिन्छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − five =