रहेनन् नेता बीसी

काठमाडौँ । पुराना कम्युनिष्ट नेता मेघबहादुर बीसीको निधन भएको छ । एमाले स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलकाअनुसार नेता बीसीको निधन भएको हो ।

पोखरेलले आफ्नो आधिकारिक फेसबुकमार्फत नेता बीसीप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन् । ‘दङ्गाली कम्युनिष्ट आन्दोलनका अग्रज नेता आदरणीय कमरेड मेघबहादुर बीसीप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकाकुल परिवारजनमा गहिरो समवेदना,’ पोखरेलले भनेका छन् ।

नेता बीसी पछिल्लो समय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा खुलेका थिए । उनी गत असोज ३० गते गठित एकीकृत समाजवादी पार्टी समर्थित जेष्ठ कम्युनिष्ट मञ्चका सदस्यसमेत थिए । नेता बीसी दाङका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =