सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ
२०७८ कार्तिक २५ गते

धनगढी । कैलाली प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नं ३ का ४२ वर्षीय लक्ष्मणप्रसाद श्रेष्ठलाई लुकिछिपी बसिरहेको अवस्थामा उनकै घरबाट पक्राउ गरेको हो ।
कैलाली जिल्ला अदालतको मिति २०५८।०३।१२ गतेको फैसलाले उनलाई २ महिना २३ दिन कैद तोकेको थियो ।
कैद फैसलापछि उनी फरार भएका थिए । पक्राउ परेको श्रेष्ठलाई प्रहरीले उनलाई जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।
२०७८ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित








