गायक अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाइ ठगी गर्ने ४ जना पक्राउ

काठमाडौँ । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड रुपैयाँ ठगी गरिएको छ । उनको बारास्थित १२ बिगाहा जमिनको नक्कली कागजात बनाइ बैंकबाट ऋण निकालिएको थियो । ठगी आरोपमा कुमारी बैंकका कर्मचारी सहित ४ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्याङ्कनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन रहेको केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहले बताएका छन् । गायक अमात्यसँग कुराकानी गर्न खोज्दा उनले अनुसन्धानको क्रममा रहेको विषयमा अहिले नै नबोल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =