मैले राेकेर हुँदैन, अब अधिवेशन समयमै हुन्छ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी अधिवेशन समयमै हुने बताएका छन् । प्रधान मन्त्रीसमेत रहेका देउवाले अधिवेशनबारे कुनै सङ्कोच नराख्नसमेत नेता/कार्यकर्ताहरूलाई आग्रह गरेका छन् । ‘अब पार्टी अधिवेशन समयमै हुन्छ,’ शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘अब मैले चाहेर, मैले रोकेर रोकिनेवाला छैन ।’

अधिवेशनबारे अरूले भनेको कुरा नपत्याउनसमेत देउवाले आग्रह गरे । ‘अरूले त के भन्छन् भन्छन् त्यसलाई नपत्याउनुस्,’ देउवाले भने, ‘तपाईंहरू सबै ढुक्क रहँदा हुँदा हुन्छ । कांग्रेसको अधिवेशन अब समयमै हुन्छ ।’

अधिवेशन आफ्नो हातमा नभएको प्रष्ट्याउँदै देउवाले थपे, ‘अब अधिवेशन निर्वाचन समिति र क्रियाशील सदस्यता छानबिन समितिको हातमा छ । मैले केही गर्न सक्दिनँ । मैले उहाँहरूलाई पनि समयमै टुङ्ग्याउनुपर्छ भनेँ । समयमै हुनेछ अधिवेशन ।’

देउवाले नेता कार्यकताहरूलाई महाधिवेशनको तयारीमा जुट्न आग्रह गर्दै भने, ‘सकेसम्म सर्वसम्मत् नेतृत्व चयन गर्नुस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *