चोलेन्द्रलाई एकैछिन प्रधान न्यायाधीशको कुर्सीमा बस्ने अधिकार छैन : बार अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान न्यायाधीश चोलेन्द्रशमशेरलाई तत्काल राजीनामा दिन आह्वान गरेका छन् । बार परिसरमा आयोजित विरोध कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘चोलेन्द्रशमशेरलाई एकैछिन पनि प्रधान न्यायाधीशको कुर्सीमा बस्ने अधिकार छैन । मैले यहीँबाटै भन्छु तपाईंले तत्काल राजीनामा दिनुस् ।’

आफूहरूको माग जायज भएको दाबी अध्यक्ष श्रेष्ठको थियो । ‘सम्मानजनक बहिर्गमनको कुरा छ यहाँ,’ अध्यक्ष श्रेष्ठले भने, ‘उहाँ (चोलेन्द्रशमशेर) न्यायालयमा रहँदा न्यायमा धराशायी भयो । हाम्राे माग जायज छ । यसकाे पुष्टि पछि हुन्छ ।’

यस्तै अध्यक्ष श्रेष्ठले आफूहरू एजेण्डाबाट पछि नहट्नेसमेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *