यामाहाको ‘एफजेड भीथ्री एक्स–कनेक्ट’ बाइक नेपालमा (फाेटाे/भिडिओ)

काठमाडैँ । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले यामाहाको एफजेड भी थ्री कनेक्ट एक्स मोडलको मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । एमएडब्ल्यूले बि.सं. २०६५ मा पहिलो पटक यामाहाको एफजेड–१६ पहिलो पल्ट ‘लर्ड अफ द स्ट्रीट’ नाराको साथ नेपाली बजारमा ल्याएको थियो । एभरेष्ट बेस क्याम्पमा समेत पुग्न सफल बाइल नेपाली बजारमा ल्याएर नेपाली युवाको मन जित्न सफल बाइक हो ।

यामाहा एफजेडको लोकप्रियता बढेसँग सन् २०१४ मा यामाहाले ब्लु कोर र नयाँ एफआर्इ प्रविधियुक्त एफभी टु बाइक बजारमा ल्याएको थियो । १४९ सीसीको यस बाइकमा ‘ब्लु कोर’ इन्जिनको अवधारणा ल्याएर कम इन्धन खपत, वातावरण मैत्री, र अझ शक्तिशाली बनाएर यामाहाले बजारमा राम्रो उपस्थिति जनायो । यसले नेपाली युवा पुस्ताबीच लोकप्रिय रियालीटी शो ‘रोडीज’सँग दूर्गम स्थानका नेपाली युवा पुस्ताका प्रतिभा उजागर, प्रबर्धन र सशक्तिकरण गर्ने उदेश्यले साझेदारी गर्यो ।

सन् २०१७ रोडीजको दोस्रो सिजनबाट ‘रोडीज शो’ सँग संलग्नता रहेको यामाहाको यात्रा सिजन चारसम्म पनि निरन्तर अघि बढिरहेको छ । यामाहाले नेपाली युवा पुस्ताका प्रतिभा बाहिर ल्याउन रोडीजको हरेक सिजनमा अडिसन लिने गरेको छ । यामाहाले आफ्ना ग्राहकलाई अझ नयाँ विशेषता र सुविधायुक्त बाइक उपलब्ध गराउने क्रममा यस पटक डिजिटलाइज र गतिशील पुस्तालाई यसको सुविधाहरूद्वारा अझ धेर लाभान्वित पुर्याउने लक्ष्य राख्दै एफजेड एस भी थ्री एक्स कनेक्ट डिजाइन गरेको कम्पनीले जनाएको छ ।

नेपाली बजार मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ रहेको भीथ्रीमा सबैभन्दा ठूलो सुविधा भने यसमा जडित ब्लुटुथ हो । यसमार्फत गुगल प्लेस्टोर र आइओएसमा पाइने ‘यामाहा मोटरसाइकल कनेक्ट एक्स’ एप निःशुल्क डाउनलोड गरी यो बाइकको स्मार्ट मोडको ६ जीवन सुलभ बनाउने सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।

भिडिओ

कम्पनीका अनुसार ब्लुटुथ प्रविधिको पहिलो सुविधा हो– ‘एन्सर ब्याक’ । यसले बाइकको इन्डिकेटर झिमिकझिमक बल्ने र हर्न बज्ने छ । यसले चालकले आफ्नो साधन कहाँ राखिएको छ भनेर सजिलै थाहा पाउन सक्ने छन् ।

यस प्रविधिको दोस्रो सुविधा छ– ई–लक’ । ई–लक प्याट्रन राख्दा मोटरसाइकलको चाबीले मात्र बाइक चालु गर्न सक्ने छैन ।

‘लोकेट माइ बाइक’ ब्लुटुथको अर्को सुविधा छ । यो फिचर मोबाइल एपमा क्लिक गरेमा बाइकको इन्डिकेटर १० सेकेण्डस्सम्म लगातार बल्ने छ । बिशेषगरी यो फिचर चालकले भिड पार्किङमा अवस्थित आफ्नो मोटरसाइकल सजिलै चिन्नुमा उपयोगी रहनेछ ।

त्यसैगरी ‘राइडिङ्ग हिस्ट्री’ यसको चौँथो ब्लुटुथ सुविधा हो । ‘राइडिङ्ग हिस्ट्री’द्वारा आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सकिने छ ।

‘पार्किङ रेकर्ड’ सुविधाले मोटरसाइकल धनीले आफू रहेको स्थानबाट बाइक पार्किङ गरिएको स्थानको नक्सा प्राप्त गर्न सक्ने छन् । त्यस्तै, ‘हजार्ड’ सुविधाले चालकलाई सडकको साम्भावित दुर्घटना र खतराको बारेमा सचेत पार्नेछ ।

एफजेड भीथ्री कनेक्ट एक्स मोडलको थप सुविधाबारे एमएडब्लुका सीईओ राजु क्षेत्रीले भने– ‘ब्लुटुथ सुविधाबाहेक बाइक १३५ केजीको हल्का वजनको यस बाइक १४० सेक्सनको रेडीयल टायर राखिएको छ, साइड स्ट्यान्ड हटाइएको छ साथै बिएसभिआइ र एबिएसजस्ता अपग्रेड गरिएको छ । यामाहाको हरेक एफजेड सिरीजले हरेक पल्ट ग्राहकले खोजेजस्तै सुविधा दिएर आजसम्म नेपाली बाइक प्रेमीहरूका मन जित्न सफल भइरहेको छ । यस पटक पनि नेपाली बाइकप्रेमीहरूका मन अवश्यै जित्छ भन्ने विश्वास राखेका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *