के तपाईँलाई ‘मह’बारे यो रोचक कुरा थाहा छ ?

हामीले खानको लागि प्रयोग गर्ने प्राय सबै खाद्य सामग्रीको खानयोग्य म्याद हुन्छ । सीमित अवधिपछि त्यस्ता खानयोग्य हुँदैन ।

तर मौरीको मह यस्तो खाद्य बस्तु हो जुन बस्तुको खानयोग्य मिति भन्ने नै हुँदैन । महको खाने म्याद कहिल्यै सकिँदैन । मह एक विशेष प्रकारको रासायनिक संरचनाबाट बनेको हुन्छ जसले गर्दा यो कहिल्यै बिग्रिँदैन । खाने कुरा नष्ट गर्ने कुनै पनि ब्याक्टेरिया वा जीव महमा बस्न सक्दैन । त्यसैले यो कहिल्यै कुहिने र गनाउने हुँदैन ।

उत्पादनको अवस्थामा जस्तो छ सधैँ त्यस्तै रहिरहन्छ । अनुसन्धानकर्ताहरुले ५ हजार वर्ष पुरानो मह फेला पारेको थियो । त्यो मह सैद्धान्तिक रूपमा पूर्ण रूपमा खान योग्य थियो ।

इनसाइडरबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *