विराटनगरबाट उम्रिएको धान लिएर फर्किए अध्यक्ष नेपाल

विराटनगर । पार्टीको कार्यक्रममा सहभागी हुन विराटनगर आएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उम्रिएको धान लिएर फर्किएका छन् । विराटनगरका किसानले नेपाललाई उम्रिएको धान बुझाएका थिए ।

नेकपा एसले आयोजना गरेको कार्यक्रम स्थलमै पुगेर किसानले कार्तिक पहिलो साताको वर्षासँगै आएको हावाहुरी र बाढीबाट भएको क्षति भएर उम्रिएको धान नेपाललाई बुझाएका थिए ।  विराटनगर ५ का किसानहरूले बाढीका कारण ठूलो क्षति भएको भन्दै खेतमा उम्रिएको धान लिएर नेपाल सहभागी हुन आएको कार्यक्रममा पुगेका थिए ।

विराटनगर–५ की किसान अमला तुलाले किसानहरूको प्रतिनिधित्व गर्दै बाढीका कारण क्षति भएर खेतमै उम्रिएको धान बुझाएकी थिइन् । आफूले २ बिगाहामा लगाएको सबै धान उम्रिएर बिग्रिएको भन्दै नेपाललाई ध्यानाकर्षण गराउँदै उम्रिएको धान नेपाललाई बुझाइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *