रक्षामन्त्री डा. रिजाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौँ । रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच बुधबार बिहान रक्षा मन्त्रालयमा भेट भएको हो । उनीहरूबीच नेपाल-चीन सम्बन्धलगायतका विषयमा छलफल भएको थियो ।

मन्त्री रिजालले यसअघि भारतीय राजदूत विनयमोहन क्वात्रा र अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई भेटिसकेका छन् । मन्त्री रिजालले मित्रवत् देशहरूसँग नेपालले सन्तुलित सम्बन्ध बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *