पाँचथरमा बस दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो

फिदिम । पाँचथरमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । सिवाखोलाबाट फिदिम आउँदै गरेको को १ ख ३८६५ नम्बरको बस सरखण्डेमा दुर्घटना हुँदा प्रमिला देवान,निश्चल देवान, प्रज्वल मगर र परिचय खुलिनसकेका एकजनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई सामान्य उपचारपछि थप उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ ।

केहि घाइतेहरूको पाँचथर अस्पतालसहित अन्य अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *