पाँचथरमा बस दुर्घटना : ६५ जना घाइते, ४ काे अवस्था गम्भीर
२०७८ कार्तिक ८ गते

काठमाडौँ । पाँचथरको फिदिममा बस दुर्घटना हुँदा ६५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए ।
आज फिदिम नगरपालिका ४ सिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको निरीक्षक विश्वकर्माले बताए । दुर्घटना भएपछि बस सडकबाट करिब १० मिटर तल खसेको थियो ।
दुर्घटनामा घाइतेहरूलाई पाँचथर जल्ला अस्पताल र पाथीभरा अस्पताल लगिएको छ । उनीहरूको त्यहाँ उपचार भइरहेको छ । गम्भीर घाइते भएका ४ जनालाई थप उपचारका लागि विर्तामोड पठाइएको छ ।
दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कंदै गरेका जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका वासिन्दा दुर्घटनामा परेका हुन् ।
२०७८ कार्तिक ८ गते
प्रतिक्रिया
सम्बन्धित








