प्रधान मन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपराह्न ४ बजे बैठक बोलाइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मकालुखबरलाई जानकारी दिइन् ।

मन्त्री यादवका अनुसार आजको बैठकमा बाढी पहिरो तथा डुबान पीडितलाई क्षतिपूर्ति तथा राहतको विषयमा निर्णय हुनेछन् । यस्तै सरकारका नियमित कामकारबाहीका बारेमा समेत बैठकमा छलफल हुने उनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *