‘फुलकोर्ट’ बहिष्कार गर्ने सर्वोच्चका न्यायाधीशहरूकाे निर्णय

काठमाडौँ  । सर्वाेच्च अदालतका न्यायाधीशहरू प्रधान न्यायाधीशले बोलाएको ‘फुलकोर्ट’ मा सहभागी नहुने भएका छन् । प्रधान न्यायाधीश चेलेन्द्रशमशेर जबराले सोमबार बस्नेगरी नेपाल बार एशाेसिएसनसहितको फुलकाेर्टकाे बैठक बोलाएकोमा अन्य न्यायाधीशहरू सहभागी नहुने भएका हुन् ।

प्रधान न्यायाधीशबाहेक सर्वाेच्चका १४ जना न्यायाधीशको आइतबार दिउँसो बसेको बैठकले प्रधानन्यायाधीशले बोलाएको बैठकमा सहभागी नहुने निर्णय गरेको सर्वाेच्च अदालत स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय प्रधान न्यायाधीश जबराले न्यायिक मर्यादाविपरीत काम गरेको भन्दै चर्को आलोचना भइरहेको छ । यसै क्रममा बारका पदाधिकारीले पनि आज प्रधान न्यायाधीश जबरासँग भेट गरेका थिए । त्यो भेटपछि गल्ती सच्याउँदै अघि बढ्ने र थप छलफलका लागि सोमबार बारसहितको फूलकोर्ट बोलाउने निर्णय प्रधान न्यायाधीस जबराले गरेका थिए ।

न्यायाधीशहरूको यो निर्णयसँगे यो विषय थप पेचिलो बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *