काँठ क्षेत्रमा धान भित्र्याउन भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौँ । अहिले काँठ क्षेत्रका टारी खेतका किसानहरूलाई धान भित्र्याउन भ्याइनभ्याइ छ । केहि दिनयता परिरहेको झरी र दशैँ भरखरै सकिएको मौका छोपी उनीहरू धान भित्र्याउनमै व्यस्त देखिन्छन् ।

आजकल पहिलेजस्तो मेला/पर्म नचल्ने अनि खेताला नि भनेको बेला नपाइने मुख्य समस्या काँठ क्षेत्रमा छ । धान काट्ने सिजनमा तराई क्षेत्रबाट काम गर्ने खेतालाहरू भदौको बीचतिर काँठ क्षेत्र छिर्दछन् ।

अझ भनौँ‚ उनीहरूकै भरमा छन्, यस क्षेत्रका किसानहरू । आजकाल ज्यालाभन्दा खेती हेरेर ठेक्का दिइने प्रचलन बढिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *