पाला बनाउन व्यस्त भक्तपुरका ‘कुम्ह:’ (तस्बिरहरू)

भक्तपुर । अघिपछि अल्लि फुर्सदमा हुने भक्तपुरका ‘कुम्हः’ अर्थात् कुमालेलाई अहिले भ्याइनभ्याइ छ । पोटरी स्क्वायरको नामले चिनिने भक्तपुरको बोलाछें तालाक्व टोलका प्रजापति समुदायका उनीहरू माटोका विभिन्न भाँडाकुँडा बनाउँछन् ।

उनीहरु धुपौरो दियो, गाग्री, आरी, गमला, स्ट्रे लगायत सजावटका विभिन्न सामानहरू बनाउँछन् । अहिले भने उनीहरुलाई तिहारमा बत्ती बाल्न चाहिने पाला बनाउन भ्याइनभ्याइ छ ।

तिहारमा झिलिमिली बनाउने बिजुली बत्ती आए पनि पालाको प्रयोग घटेको छैन। पालामा तेल र बाती राखेर बाल्ने परम्परा घरघरमा कायमै छ । तिहारमा त पालाको माग धेरै नै हुन्छ ।बोलाछें तालाक्व टोलमा तिहारका लागी पाला बनाउँदै (तस्बिरहरू)

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *