बङ्गलादेशका हिन्दूहरूको हत्याको विरोधमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । बङ्गलादेशमा इस्लामिक जिहादी समूहले त्यहाँका हिन्दुहरूको सामुहिक हत्या गरेको विरोधमा आज माइतीघरमा प्रदर्शन भएको छ ।

विश्व हिन्दु परिषद् एसिया प्यासिफिक रिजनले आज मृतकहरूको सम्झनामा दीप प्रज्वलन गर्दै विरोध गरेको हो ।

बङ्गलादेशमा दसैँको अष्टमीको दिन हिन्दु समुदायले नवदुर्गाको पूजा गरिरहेको स्थानमा इस्लामिक जिहादी समूहले आक्रमण गरेको थियो । उक्त आक्रमणमा परी १५ जना हिन्दुहरूको ज्यानसमेत गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *