मनै लोभ्याउने फूल (तस्बिरहरू)

फूल, जोसुकैले मन पराउँछ । बालबालिका होस वा वृद्ध वृद्धा । कसले मन पराउँदैन र फूल ? सुखमा त मान्छे फूल देखेर आनन्दित हुन्छ नै ।

दुःखमा पनि फूलले मान्छेलाई थोरै भए पनि भित्रैबाट आनन्द महसुस गराउने गर्दछ । फूल र त्यसमा डुलेका पुतली, भमरा देखेर मन हलुको हुने गर्दछ ।

फूल सहज रूपमा तपाई, हाम्रो घरको छेउछाउ, बारी, बगैँचामा उपलब्ध हुने चिज हो । कतिपय फूललाई मान्छेले रोप्ने गर्दछ भने कतिपय आफै बिरुवा उम्रेर फूल फुल्ने गर्दछ ।

मान्छेले लगाएको फूल होस वा वनजंगल, पाखो पखेरामा आफै बिरुवा उम्रिएर फुलेको फूल । जुनसुकै भए पनि अत्यन्त मनमोहक हुने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *