बाबुरामको कटाक्ष- यी हुन् गिनिज बुकमा लेखाउन लायक ओलीले गरेका ५ काम !

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यङ्ग्यको पात्र बनेका छन् । आफू नेतृत्वको सरकारले गरेका काम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्ने हो भने सो बुक आधा भरिने बताएपछि अहिले उनी व्यङ्ग्यका पात्र बनेका हुन् ।

यसै क्रममा पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि ओलीविरुद्ध कटाक्ष गरेका छन् । उनले ‘ओलीको गिनिज बुक रेकर्ड’ शीर्षकमा ओलीले गरेका ५ काम देखाएका हुन् ।

उनले दुई पटक संसद् विघटन, दुई तिहाइको सरकार ढल्नु, ६ वटा प्रदेशमा सरकार नेतृत्व गरेको पार्टी अहिले सडकमा पुग्नुलाई गिनिज बुकमा रेकर्ड राख्न लायक काम भन्दै व्यङ्ग्य गरे ।

उनले लेखेका छन्, ‘ओलीको गिनिज बुक रेकर्ड= १ २/२पटक असंवैधानिक ढङ्गले संसद् विघटन र अदालतबाट पुनर्स्थापना २ सङ्घमा २/३ बहुमतको सरकार र ६ वटा प्रदेश सरकार गुमाएर सडकमा, ३ सरकारी निवासमा विदेशी गुप्तचरसँग घण्टौँ कानेखुसी, ४ मुखमा कम्युनिस्ट मनमा ठोरीवाला राम, ५ हावादारी गफ र उखान टुक्कामा ताली लाउने अरिङ्गाल सेना !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *