मौसमी प्रणाली कमजोर, अब ठूलो वर्षा नहुने

काठमाडौँ । मौसमी प्रणाली कमजोर भएपछि सोमबारदेखि देशभर जारी ठूलो वर्षा रोकिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि नै वर्षा हुने क्रम रोकिएको हो ।

महाशाखाकाले आजदेखि देशभरको मौसम सफा हुने जनाएको छ । नेपालमा भारतको विहार/उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको हो । अब ठूलो वर्षाको जोखिम छैन ।

सोमबार दुई मौसम प्रणाली एकैसाथ सक्रिय हुँदा भारी वर्षा भएको मौसमविद् वरुण पौडेलले बताए । ‘आज दिउँसोबाट मौसम खुल्दै जानेछ । यो प्रणाली असोज ३१ बाटै सक्रिय भएको थियो,’ उनले भने पहाडी र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा भएपछि ठूलो वर्षाको सम्भावना भने छैन ।’

यस्तो छ तीन दिनको पूर्वानुमान
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ । भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ ।

आज
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १ र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार
दिउँसो: प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शनिबार
दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहने छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *