प्रधान मन्त्रीलाई गगनको आग्रह- ‘बाढी पहिरोपीडितलाई बलियो ढाडस दिनुस्’

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्राकृतिक विपतिका कारण विभिन्न समस्यामा परेका जनतालाई सरकारले सहानुभूति दिनुपर्ने बताएका छन् । सुदूरपश्चिमलगायतका क्षेत्रमा अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण लाखौं जनता विस्तापित भएको र कतिपयले ज्यान नै गुमाएको स्मरण गराउँदै नेता थापाले यस्तो आग्रह गरेका हुन् ।

प्राकृतिक विपतिबाट अस्तव्यस्त बनेको जनताप्रति सरकारले यत्तिबेला सहानुभूति देखाउनुपर्ने उल्लेख गर्दै नेता थापाले भनेका छन्, ‘केही दिनदेखिको वर्षाका कारण सुदूरपश्चिमलगायत देशका कयौँ ठाउँमा बाढी, पहिरोले जनजीवन अस्तव्यस्त भएको छ । यो बेला नै हो सरकारले अभिभावक भएको आभास दिलाउने । प्रधान मन्त्रीज्यू आफन्त गुमाएका, विस्थापित भएका, खेतीबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनु्ि, दुःखमा सहानुभूतिको महसुस गराउनुहोस् ।’

विगत ३ दिनयता परेको अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढी पहिरोका समस्या देखिएका छन् । बुधबार (आज) मात्रै पनि हुम्ला, धनकुटालगायतका जिल्लाहरूमा बाढी पहिरोकै कारण कम्तीमा १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *