‘बाल आश्रम’को दसैँ (तस्बिरहरु)

काठमाडौँ । आज दसैँको अन्तिम दिन अर्थात् विजया दशमी । आज सबैले घरघरमा मान्यजनको हातबाट टीका जमरा र आशीर्वाद थाप्दै छन् ।  तर आफ्नो घर नहुने अनि विविध कारणबाट परिवारसँग नबस्नेहरूले पनि यो चाड मनाउँदै छन् ।

यसै क्रममा गोकर्णेश्वर नगरपालिका ९ मा अवस्थित बाल आश्रय गृह ‘सुनौलो पाइला’मा रहेका बालबालिकाले पनि दसैँको टीका र आशीर्वाद थापे । संस्थामा रहेका १२ जना बालबालिकाहरूलाई आज संस्थाकी अध्यक्ष रोजिना बिष्ट र उनका श्रीमानले टीका जमरा लगाइ दिए ।

२०७५ सालमा ५ जना अभिभावक विहीन बालबालिकालाई आश्रय दिएर खुलेको ‘सुनौलो पाइला’मा हाल १२ जना बालबालिका रहेको संस्थाकी अध्यक्ष बिष्टले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *