भद्रकालीमा सवारी पूजा गर्नेको भिड (तस्बिरहरु)

काठमाडौँ । आज दसैँको नवौँ दिन अर्थात् महानवमी । बडा दसैँको नवरात्रमा हरेकले आफूसँग भएका शस्त्र, अस्त्र तथा औजारहरूको विशेष पूजाआजा गर्ने परम्परा रहेको छ । यस्तै आज बिहानैदेखि भद्रकाली मन्दिरमा सवारी साधनको पूजा गर्नेको भिड लागेको छ ।

नवमीमा गरिने यो पूजाले विशेष महत्त्व राख्ने जनआस्था छ  । यसअघि सवारी साधनको पूजा विश्वकर्मा पूजाको नाममा गरिन्छ । विश्वकर्मा पूजामा पनि मेसिनहरूको पूजाआजा गरिन्छ । नवरात्रीमा गरिने पूजा पनि उस्तै रहेको छ । अटो मोबाइल प्रयोग गर्ने सबैले आफ्ना सवारी साधनको पूजा गर्छन् भने अन्य ले अन्य औजारहरूको पनि गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *