साफ च्याम्पियनसिप: उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने

काठमाडाैँ । भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको भएको समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३-१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

फाइनलमा प्रवेश गरेसँगै अब नेपाल र भारतबीच उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ ।

यस अघि बुधबार नै भएको आफ्नो समूह चरणको अन्तिम खेलमा नेपाल फाइनलमा प्रवेश गरेको थियो । बंगलादेशसँग १-१ को बराबरी खेलेको नेपाल अङ्क तालिकाको आधारमा फाइनलमा प्रवेश गरेको थियो । अब फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८ः ४५ बजे हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *