साफ च्याम्पियनसीपमा नेपाललाई ऐतिहासिक सफलता, पहिलोपल्ट फाइनलमा

काठमाडौँ । नेपाल पहिलोपटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको छ । माल्दिभ्सको राजधानी मालेमा भएको खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो ।

खेलको नवौँ मिनेटमा बंगलादेशका सुमन रोजाले गोल गरेपछि बंगलादेशसँग १-० को अन्तरले पछि परेको नेपालले खेलको अन्तिम समयतिर पेनाल्टीमार्फत गोल गर्दै फाइनलको यात्रा तय गरेको हो । नेपालको तर्फबाट खेलाडी अञ्जन विस्टले ८७औँ मिनेटमा गोल गरेका हुन् ।

खेलको ७८औँ मिनेटमा उनले अघि बढाएको बल डिबक्स बाहिर आएर बचाउने क्रममा बंगलादेशका गोलकीपर जिकोले रातो कार्ड पाएपछि बंगलादेश १० खेलाडीमा सीमित बनेको थियो ।

अञ्जनलाई बंगलादेशका खेलाडीले डिबक्समा लडाएपछि पाएको पेनाल्टीमा उनले नै गोल गरेर नेपाललाई फाइनलमा पुर्‍याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *