बंगलादेशको अग्रता, रेडकार्ड र विवादास्पद पेनाल्टीमा नेपालको भाग्य

अन्ततः साफ च्याम्पियनसीपको फाइनलमा नेपाल प्रवेश गर्न सफल भएको छ । रोमाञ्चक भिडन्तमा नेपालले अघिल्ला खेलको तुलनामा कमजोर प्रदर्शन गरेको थियो । तर अन्तिम समयमा भाग्यमानी सावित हुँदा नेपाल पहिलो पटक ऐतिहासिक रुपमा साफको फाइनल पुग्न सफल रह्यो ।

खेल सुरु भएको केहि समयमा नै बंगलादेशले नेपालविरुद्ध सुरूवाती अग्रता बनायो । तर दोस्रो हाफ भने उसका लागि निकै दुर्भाग्यपूर्ण बन्दा नेपाल भने पेनाल्टीमा बराबरी गर्दा भाग्यमानी सावित भयो ।

मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशलाई १-१ गोलको बराबरीमा रोक्न नेपालले अन्तिमसम्म प्रयास गर्‍यो । तर फितलो फिनिसिङ र पूर्ण दबाब महसुस गरेको नेपाल मैदानमा भने प्रभावकारी देखिएन ।

बंगलादेशलाई बराबरीमा रोकेसँगै नेपाल लिग चरणमा दुई जित एक हार र एक बराबरी गर्दै कुल ७ अङ्क बनाउँदै फाइनलमा पुग्यो । अब भारत र माल्दिभ्सबीचको खेलबाट फाइनल प्रतिद्वन्द्वीको तय हुनेछ ।

बंगलादेशले खेलको सुरूवातमा नै सुमन रेजाको आकर्षक हेडमार्फत अग्रता बनायो । यद्यपि दोस्रो हाफ भने बंगलादेशका लागि खराब रह्यो । उत्कृष्ट प्रदर्शन गरिरहेका गोलरक्षक अनिसुर रहमानले डिबक्स बाहिर बल रोकेपछि सिधै रातो कार्ड खाएर मैदानबाट बाहिरिएपछि बंगलादेशी टोली १० खेलाडीमा सीमित भयो ।

यद्यपि नेपाल त्यतिबेला भाग्यमानी सावित भयो‚ जतिबेला रेफ्रीले नेपालाई पेनाल्टीको अवसर दिए । निर्धारित समयको ४ मिनेट बाँकी रहँदा नेपालले पेनल्टी पायो । जसलाई अञ्जन विष्टले सदुपयोग गर्दै नेपाललाई बराबरीमा ल्याए । नेपालले पाएको फ्रिकीकका दौरान बंगलादेशी खेलाडीले अञ्जन विष्टलाई लडाएपछि नेपालले पेनाल्टीको मौका पायो । जसमा बंगलादेशी खेलाडी असन्तुष्ट देखिएका थिए । उनीहरूले निर्धारित समय सकिएपछि पनि रेफ्रीसँग विवाद गरेका थिए । तर नेपालका लागि उक्त विवादास्पद पेनाल्टी नै वरदान सावित भएको थियो । बराबरीपछि बंगलादेशले ४ खेलमा ५ अंक जोड्यो । यद्यपि फाइनल पुग्न असफल रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *