चिनियाँ आकाशमा चङ्गा उड्दा नेपालमा झुल्किँदै दसैँ

काठमाडौँ । नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैँ नजिकिँदै गर्दा काठमाडौँको आकाश चङ्गामय हुने गर्छ । चङ्गाको इतिहास खोतल्दा यसको आविष्कार चीनबाट भएको मानिन्छ ।

नेपालमा चङ्गाको त्यति लामो इतिहास र सांस्कृतिक महत्वका लेखहरू भेटिँदैनन् । तर सामान्यतया सिजनमा लाखौँ चङ्गा व्यापार गर्नेहरूका केही किस्सा सुन्न सकिन्छ। चङ्गाको उत्पादन, विविधता सामान्य हुनुका साथै चङ्गाको निर्माणकै लागि पनि भारत वा चीनबाट आयात हुने गरेको छ ।

नेपालमा चङ्गाको अस्तित्व संकटमा पर्न थालिसकेको व्यापारीहरू बताउँछन् । चङ्गाका पारखीहरू वा चङ्गाको संरक्षण गर्नुपर्ने निकाय, यो संस्कृतिको अगुवाइ गर्नुपर्नेहरू नै शिथिल भएको देखिन्छ । मनोरञ्जनका दायरा फराकिला भएकाले पनि चङ्गाप्रति निर्भर उपभोक्ताको अभाव हुँदै गएको छ ।

केही समयपछि चङ्गा संस्कृति सङ्ग्रहालयमा सीमित हुनेछ भन्दा खासै कसैले चासो पनि देखाउँदैन ।

चीन चङ्गा संस्कृतिको उद्गमस्थल हो । चीनले आफ्नो संस्कृतिको विश्वव्यापी फैलावट गर्नुका साथै देशभित्र पनि विदेशीहरूलाई निम्त्याएर चङ्गा बनाउन सिकाउँछ । चीनमा चङ्गा महोत्सव हुने शरद ऋतु र नेपालमा दसैँ तिहारजस्ता चाडवाड सुरू हुने समय पनि लगभग मिल्दोजुल्दो छ । त्यसैले पनि के भन्न सकिन्छ भने नेपालमा चङ्गा हराउँदै जाँदा दशैँको स्वागत गर्ने वस्तुमा छिमेकी चीनको चङ्गा बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *