साफ च्याम्पियनसीप

बंगलादेशसँग १४ वर्षदेखि अपराजित नेपाल आज महत्वपूर्ण खेल खेल्दै

काठमाडाैँ । नेपाली राष्ट्रिय फुटबल टीमका लागि आजको दिन महत्वपूर्ण छ । किनकि सोचेजस्तो भए नेपाली फुटबलकै लागि आज ऐतिहासिक दिन हुनेछ । आज नेपाल साफ च्याम्पियनसिपको फाइनल पुग्ने या बाहिरिने तय हुँदै छ ।

नेपाललाई फाइनल पुग्न केवल एक अङ्क आवश्यक छ । त्यसैले लिग चरणको अन्तिम खेल खेल्दा नेपाल नयाँ इतिहास कोर्ने लक्ष्यका साथ बंगलादेशसँग खेल्नेछ । खेल माल्दिभ्सस्थित मालेको राष्ट्रिय फुटबल मैदानमा नेपाली समय अनुसार दिउँसो ४:४५ मा शुरु हुनेछ ।

साफमा १४ वर्षदेखि अपराजित
पछिल्लो पटक साफ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग १० डिसेम्बर २००५ मा पराजित भएको थियो । त्यसयता नेपाल साफमा सधैँ बंगलादेशमाथि हाबी हुँदै आएको छ । सन् २०११ को साफमा समूह चरणमा बंगलादेश सागर थापाको विश्व चर्चित फ्रिकीक गोलले पराजित भएको थियो  । सन् २०१८ मा पनि नेपालसँग बंगलादेश घरेलु मैदानमा पराजित रह्यो र समूह चरणबाटै बाहिरियो ।

समग्रमा साफ च्याम्पियनसिपमा नेपाल र बंगलादेशले सात खेल खेलेका छन् । जहाँ नेपाल सुरुआती चार खेलमा पराजित हुँदा त्यसयता भने सधैँ हाबी हुँदै आएको छ । सन् १९९१ देखि २००५ सम्म भएका ४ साफ सहित कुल ७ भिडन्तमा नेपाल सधैँ पराजित रह्यो । तर त्यसपछिको कथा फेरिएको छ । पछिल्ला तीन साफमा नेपाल विजयी रहेको छ ।

सन्  २०११, २०१३ र २०१८ मा नेपाले साफ च्याम्पियनसिपमा बंगलादेशलाई पराजित गर्‍यो त्यो पनि ‘क्लिन सिट’ (एक गोलपनि नखाई)। यद्यपि साफ बाहेक भएका स्पर्धामा भने बंगलेदशले पनि केही जित निकालेको छ । २०१३ मानै भएको एसिया कप र २०२० मा भएको मैत्रीपूर्ण खेलमा भने नेपाल पराजित भएको थियो ।

पछिल्लो पटक नेपाल गत अक्टोबरमा भएको थ्रि नेशन्स कपमा बंगलादेशलाई पराजित गर्न सफल भएको थियो । दशरथ रंगशालामा भएको उक्त खेलमा नेपाल ३-१ ले पराजित भयो । यद्यपि अर्थपूर्ण खेलमा नेपाल आज बंगलादेश विरुद्ध खेल्दा पछिल्ला नतिजाको निरन्तरता चाहन्छ नै साथमा आफ्नो ‘टर्निङ प्वाइन्ट’मा पराजित हुने विगत भुलाउन पनि चाहन्छ ।

फाइनल पुग्न नपाएका ती क्षण
नेपाल साफमा सधैँ उपाधि दाबेदारका रूपमा रहन्छ । तर दुर्भाग्य नेपाल साफमा सधैँ कुनै न कुनै रूपमा अन्तिम समयमा निराश भएर फर्किएको छ । अझ नेपालको साफ फाइनल यात्रामा अफगानिस्तानको ‘कनेक्सन’ दुखद छ ।

अफगानिस्तानसँग नेपालले साफमा केवल २ पटक प्रतिस्पर्धा गर्‍यो र ती दुवै सेमिफाइनल भिडन्त थिए । दुबै खेलमा नेपाल स्तब्ध रह्यो । १९ डिसेम्बर २०११ मा नेपालले सेमिफाइनलमा अफगानिस्तानको सामना गर्दा धेरैले नेपाल फाइनल पुग्ने विश्वास गरेका थिए । तर निर्धारित समयमा नतिजा ननिस्किएपछि थपिएको अतिरिक्त समयको १ सय १ औँ मिनेटमा नेपालले गोल खान पुग्यो । जसले पुन एकपटक नेपालको यात्रा सेमिफाइनलमा नै समाप्त भयो ।

याे पनि : भारतसँगको हारले बढाएको ढुकढुकी

सन् २०१३ मा पनि यस्तै कथा दोहोरियो । काठमाडौँमै भएको प्रतियोगितामा नेपाल फेरि एकपल्ट सेमिफाइनलमै रोकियो, अफगानिस्तानकै हातबाट । त्यसपछि नेपाल फेरी एकपटक सन् २०१८ को सेमिफाइनलमा फाइनल पुग्ने अवसरमा थियो । तर यो पटक नेपालको फाइनल यात्रामा  मालदिभ्स बाधक बन्यो । नेपालको फाइनल यात्राका निर्णायक खेल सधैँ दुर्भाग्य पूर्ण छन् । अनि बंगलादेशपनि निर्णायक मोडमा प्रायः नेपालकै हातबाट पराजित छ । त्यसैले यो ‘अपशकुन’ कसले मेटाउला त्यो भने अपराह्न हुने खेलले तय गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *