हनुमानढोकाको दसैँघरमा भित्र्याइयो गोरखाबाट ल्याइएको फूलपाती (तस्बिरहरू)

काठमाडाैँ । गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दसैँघरमा भित्र्याइएको छ । नेपालीहरूको महान पर्व बडा दसैँको सातौँ दिन गोरखा दरबारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दसैँघरमा भित्र्याइएको हो ।

मंगलबार बिहान साढे ८ बजेको साइतमा गोरखा दरबारबाट निकालिएको फूलपाती अपराह्न साढे ४ बजे बाजागाजासहित दसैँघरमा भित्र्याइएको छ । अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रुपमा दसैँघरमा भित्र्याइएको हो ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको छ । राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय पाएपछि काठमाडौँलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमान ढोका ल्याउने प्रचलन शुरु भएको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *