खसीको मिठो ‘पक्कु’ बनाउने सजिलो तरिका

दसैँमा अधिकांशका भान्सामा पाक्ने परिकारमध्ये अत्यधिक मासुका परिकार हुने गर्छन् । मांशाहारी सबैले दसैँमा मासुका विभिन्न परिकार बनाएर खाने चलन छ ।

दसैँमा अरुबेला भन्दा मासु धेरै खाने गरिन्छ । मांशाहारीले खसी, च्याङ्ग्रा, कुखुरा, राँगा, बङ्गुरलगायतका मासुका स्वादिष्ट परिकार बनाएर खाने गर्छन् ।

विविध परिकारमध्येको एक हो खसीको पक्कु । पक्कु लामो समयसम्म पनि नबिग्रने र खान मिल्ने परिकार हो । पक्कु कसरी अझ मिठो बनाउने भन्नेबारे यहाँ चर्चा गरिएको छ ।

आवश्यक मरमसला
जिराको धूलो, धनियाँको धूलो, गरम मसलाको धूलो (दालचिनी, सुकुमेल, ल्वाङ, अलैची) मरिचको धूलो, तेजपात, बेसार, नुन, तेल ।

बनाउने तरिका
पक्कु बनाउन बोसो नभएको रातो मासु राम्रो हुन्छ । मासुलाई तेल, बेसार, नुन, गरम मसलाको धूलो हालेर राम्रोसँग मोलेर २ घण्टा सम्म छोपेर राख्नुपर्छ । मासु नडढोस् भनेर बाक्लो कसौँडी छनौट गर्नुपर्छ । ढलोट अथवा पित्तलको कसौँडी प्रयोग गर्दा राम्रो हुन्छ । कसौडीमा पक्कुको लागि लिइएको मासुअनुसार तेल राखेर त्यसमा नपिँधेको गरम मसला र तेजपात फुराउने । त्यसपछि मासु राखेर एकछिन चलाउनुपने ।

त्यसपछि बेसार र स्वादअनुसार नुन राखेर राम्ररी चलाउने । अनि मासु पकाइरहेको भाँडोलाई राम्रोसँग ढाक्नेगरी छोपिदिने । आगो सानो बनाउने र १ घण्टादेखि २ घण्टासम्म छोपेर पकाउनुपर्छ । आगो ठुलो भएमा मासु डढ्छ । पक्कुमा लसुन, अदुवा, प्याज र गोलभेडा भने राख्नु हुँदैन । राखेमा छिटै बिग्रिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *