१४ औँ महाधिवेशन कहिले हुन्छ, मलाइ थाहा छैन : गगन थापा

काठमाडौँ ।  काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ ले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगन थापाले कांग्रेसको १४ महाधिवेशन कहिले हुने आफूलाइ थाहा नभएको बताएका छन् ।

शीर्ष नेताहरूको काम गर्ने तरिकाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले महाधिवेशन तोकिएको समयमा हुन्छ भन्नेमा शंका व्यक्त गरेका हुन् । अझै केही जिल्लामा क्रियाशील विवाद कायमै रहेको , पार्टी केन्द्रीय कार्यालयमा अनसन जारी रहेको र यी तमाम विवाद नसुल्ट्याइ महाधिवेशन  सम्भव नहुने उनले बताए ।

हालै मन्त्री मण्डलमा गैह्र सांसदलाई मन्त्री बनाएको र ४८ घण्टा भित्रै राजीनामा स्वीकृत गरेको विषयमा बोल्दै उनले भने, ‘अब आउने निर्वाचनमा कांग्रेसले आम मतदातालाई के उत्तर दिने ?’ काङ्ग्रेसले अब गठबन्धनको राजनीतिमा नअल्झी जनताले प्रत्यक्ष अनुभव गर्ने विकास निर्माण गर्नु पर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *