दसैँ, पिङ र धार्मिक मान्यता (तस्बिरहरू)

काठमाडौँ । दसैँसँग जोडिएका धेरै विशेषतामध्ये पिङ खेल्नु पनि एक हो । पिङ खेलिरहँदा रोमाञ्चित त हुने नै भइयो, स्वास्थ्य पनि राम्रो हुन्छ । त्यसैले नै भनिएको होला, दसैँमा एक पटक भूँई छाड्नुपर्छ ।

बुढापाकाहरूले पनि टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्नुपर्छ भन्ने मान्यता छ । जे भएपनि वर्षमा एकचोटी धर्ती छोड्नुपर्ने मान्यताका साथ हरेक वर्ष कम्तीमा बालबालिकादेखि युवा, वृद्ध सबैले पिङ खेल्नैपर्ने चलिआएको चलन हो ।

जसै दसैँ आउँछ, गाउँघरतिर लिङ्गे पिङ बनाउने होड सुरु हुन्छ । खुला एवं अग्लो स्थानमा पिङ बनाउन सुरु भएसँगै गाउँघरमा दसैँको रौनक पनि भित्रिन्छ । केटाकेटी, तन्नेरी मात्र होइन, बुढाबुढी समेत पिङ खेल्न झुम्मिन्छन् ।

दसैँ भनेको समृद्धिको पर्व हो । एकता र सद्भावको पर्व हो । यसमा मनोरञ्जन नजोडिने कुरै भएन । दसैँको फुर्सदिलो दिनमा उन्मुक्त मनोरञ्जन गर्नुपर्छ । यस्तो अवसर वर्षमा एक दिन न आउने हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *