सांसदलाई १५ दिन दसैँ बिदा

काठमाडौँ । संघीय संसद्को दुवै सदनमा दसैँ बिदा दिइएको छ । संसद्को बैठक सहजरूपमा सञ्चालन हुन नसकिरहेका बेला प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक कात्तिक ९ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सोमबार बसेको संसद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते मंगलबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । त्यसै गरी, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले अर्को सूचना नहुँदासम्मका लागि बैठक स्थगित गरेको जानकारी गरएका छन् ।

सोमबारको बैठक पनि नेकपा एमालेका सांसदहरुको विरोधका बाबजुद्ध सञ्चालन गरिएको थियो । एमालेका सांसदहरुले नाराबाजी गरिरहेकै अवस्थामा सभामुखले बैठक सञ्चालन गरेका थिए । प्रतिनिधिसभासँगै राष्ट्रिय सभामा पनि एमाले सांसदहरु मौन रहेर विरोध जनाएका थिए ।

प्रतिनिधिसभा बैठकले सोमबार रेल्वे विधेयक–२०७८ फिर्ता लिएको छ । यो विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएकाले सोमबारकै राष्ट्रिय सभा बैठकले विधेयक फिर्ता लिन प्रतिनिधिसभालाई सहमति दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *