घान्द्रुक दुर्घटना : मृत्यु हुने सबैकाे पहिचान खुल्यो

पोखरा । घान्द्रुक दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुलेको छ । प्रहरीकाअनुसार उनीहरू काठमाडौँको गोंगबुबाट घान्द्रक घुम्न आएका थिए ।

मृत्यु हुनेहरूमा ६ पुरुष र २ महिला छन् । वर्ष १८ का जीनलव घिसिङ, २४ वर्षकी सुजा चौधरी, २० वर्षकी लिजा चौधरी, २० वर्षकै सुमन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, २२ वर्षका अछुतम काफ्ले, १८ वर्षका आशिष आलेमगर र २७ वर्षका विनय क्षेत्री पनि काठमाडौँबाटै आएका थिए ।

विनय गोरखाका हुन् । दुर्घटनामा चालक खुसीमान क्षेत्रीको पनि मृत्यु भएको छ । दुर्घटनामा २० वर्षकी देविका घिसिङ भने भीरमा अड्किएर बाँच्न सफल भएकी छन् ।

उनी सामान्य घाइते भएकी घान्द्रुक प्रहरी चौकीका प्रमुख सोमबहादुर कुवँरले जानकारी दिए । कुँवरकाअनुसार देविकाको उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *