घान्द्रुकमा जीप दुर्घटना, ८ जनाको मृत्यु

पोखरा । घान्द्रुकमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । घान्द्रुक घुम्न आएको टोली चढेको जीप दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।

नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नं.को जीप हुदु डाँडामा दुर्घटना हुँदा जीप १ सय मिटर तल खसेको कास्की प्रहरीले जनाएको छ ।

जीपमा ९ जना सवार थिए । एक जना महिला भने भीरमा अड्केर बाँच्न सफल भएकी छन् । उनकाे घान्द्रुककै बीरेठाँटीमा उपचार भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *