घान्द्रुकमा जीप दुर्घटना, केही गम्भीर घाइते

काठमाडौँ । कास्कीको घान्द्रुकमा जीप दुर्घटना भएको छ । कास्की प्रहरीले जनाएअनुसार घटनास्थलबाट ८ जनाको उद्धार गरिएको छ ।

केही गम्भीर घाइते भएको कास्की प्रहरी कार्यालयका प्रवक्ता सुवास हमालले जानकारी दिए । प्रवक्ता हमालकाअनुसार अहिले उद्धार कार्य जारी छ । ‘घटना भएको हो,’ हमालले भने, ‘केही गम्भीर घाइते भएको कुरा जानकारीमा छ । घटनास्थलतर्फ हामी जाँदैछौँ ।’

प्रवक्ता हमालकाअनुसार उद्धार टोली घटनास्थल पुगिसकेको छ । स्थानीयसँगै प्रहरी प्रशासन तथा स्थानीय प्रशासनको सहयोगमा घाइतेहरूको उद्धार कार्य जारी छ ।

स्थानीयहरूले बताएअनुसार पोखराको हरीचोकबाट छुटेको ग १ ज ६९०० नं.को बोलेरो जीप घान्द्रुकको कलाभीरमा खसेको बताइएको छ । बुझिएअनुसार जीपमा १० जना सवार थिए ।

घाइतेहरूलाई पोखरा मनिपाल ल्याउँदैछ । घटनासम्बन्धी बाँकी विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *