स्पेनलाई पराजित गर्दै फ्रान्स नेसन्स लिग च्याम्पियन

काठमाडौँ । युइएफए नेसन्स लिगको उपाधि फ्रान्सले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा फ्रान्सले स्पेनलाई २-१ गोल अन्तरले पराजित गर्दै नेसन्स लिगको उपाधि जितेको हो ।

फ्रान्सको जितमा करिम बेन्जमा र किलियन एम्बाप्पेले एक एक गोल गरेका थिए । त्यस्तै स्पेनका लागि मिकेल ओयरजावालले एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा खेलको ६४औँ मिनेटमा स्पेनले  गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो । तर खेलको ६६औँ मिनेटमा फ्रान्सले गोल गर्दै खेलमा फर्किएको थियो । त्यस्तैपछि खेलको ८० औँ मिनेटमा एम्बाप्पेले निर्णायक गोल गर्दै फ्रान्सलाई जिताएका थिए ।

त्यसअघि आइतबार राति नै भएको खेलमा बेल्जियमलाई २-१ पराजित गर्दै इटालीले तेस्रो स्थान हासिल गरेको छ । इटालीको जितमा निकोलो बरेल्ला र डोमिनिको बेरारडीले गोल गरे । बेल्जियमका चार्लेस डि केटलारेले एक गोल फर्काए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *