कहाँ-कहाँ छ बदली ? हेर्नुहोस् तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ । अहिले देशको पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन ।

यस्तो छ तीन दिनको पूर्वानुमान

सोमबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भू-भागमा सामान्यतया सफा रही पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा सामान्यतया सफा रही एक वा दुई स्थानहरूमा मेघगर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मंगलबार
दिउँसो: देशभर सामान्यतया सफादेखि आंशिक बदली रही गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया सफादेखि आंशिक बदली रहनेछ । सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

बुधबार
दिउँसो: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रही पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती: देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *