खनाललाई भेटे मन्त्री श्रेष्ठले

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले नेकपा (एकीकत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाललाई भेटेका छन् । आइतबार (आज) खनालनिवास पुगेका मन्त्री श्रेष्ठले नेता खनालको स्वास्थ्यलाभको कामना गरेका छन् ।

यस्तै खनाल–श्रेष्ठबीच वर्तमान राष्ट्रिय राजनीतिबारे पनि छलफल भएको थियो । त्योभन्दा अगाडि नेता खनालले श्रेष्ठलाई मन्त्री नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको कामना गरेका थिए । जवाफमा मन्त्री श्रेष्ठले धन्यवाद ग्रहण गर्दै स्वास्थ्यलाभको कामना गरेका थिए ।

नेता खनाल झन्डै अढाई महिना भारतमा उपचार गराएर नेपाल फर्किएका छन् । अहिले उनले आराम गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *