लेखा समिति सभापतिमा एमालेको दाबी, बाँस्कोटाले मागे शाहको राजीनामा

काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा (एमाले) ले संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ । लेखा समितिको आइतबार (आज) को बैठकमा एमाले सांसद गोकुलप्रसाद बाँस्कोटाले संसारभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासले पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने दाबी गरे ।

अहिले लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका नेता भरत शाह छन् । तत्कालीन नेकपा सत्तारुढ भएको बेला विपक्षले सभापति पाएको थियो । अहिले प्रमुख प्रतिपक्षी एमाले भएको र सभापतिको जिम्मेवारी एमालेले नै पाउनुपर्ने बाँस्कोटाको भनाइ थियो ।

बाँस्कोटाले शाहले मार्गप्रशस्त गर्नुपर्नेसमेत बताए । ‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै लेखा समिति विपक्षलाई दिने हो,’ बाँस्कोटाले भने, ‘एमाले जहिले सत्तामा छ, सधैँ विपक्षलाई दिएको छ । चेक एण्ड ब्यालेन्सको लागि पनि सत्तापक्षले लेखा समितिको सभापति छाड्नुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *