प्रजातन्त्रविरुद्ध कसैले सपना नदेखे हुन्छ : प्रधान मन्त्री

कोभिड नियन्त्रणमा नेपालले राम्रो कम गर्‍याे

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रविरुद्ध कसैले सपना नदेख्न चेतावनी दिएका छन् । आइतबार (आज) पोखरामा आयोजित कार्यक्रममा गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्दै प्रधान मन्त्री देउवाले यस्तो बताएका हुन् । ‘सबैले सुने हुन्छ,’ प्रधान मन्त्री देउवाले भने, ‘सुने हुन्छ । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । कसैले सपना नदेखे हुन्छ, प्रजातन्त्रको खिलापमा । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो अरु केही हुन सक्दैन ।’

यस्तै विषयान्तर हुँदै प्रधान मन्त्री देउवाले गण्डकी प्रदेश साक्षर घोषणा गरे पनि धेरै कुरा गर्न बाँकी रहेको बताए । उनले गण्डकीमा संघीयता कार्यान्वयन नै बाँकी रहेको बताए । ‘संघीयता कार्यान्वयनको काम बाँकी नै छ यहाँ,’ प्रधान मन्त्री देउवाले भने, ‘यसमा सरकार सधैँ कटिबद्ध छ ।’

000

प्रधान मन्त्री देउवाले नेपालमा करोना नियन्त्रणका लागि सरकारले गरेको प्रयासलाई अन्तर्राष्ट्रिय जगत र विश्व स्वास्थ्य संगठनले पनि सह्राहना गरेको दाबी गरे । खोपमार्फत कोरोना महामारी नियन्त्रण गरेकै कारणले बेलायतले पनि नेपाललाई रेड जोनबाट हटाएको प्रधान मन्त्री देउवाको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *