साफ च्याम्पियनसिप: नेपाल र भारतको खेल आज
मकालु खबर
२०७८ असोज २४ गते
काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज बार भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
मालेस्थित राष्ट्रिय रङ्गशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९:४५ सुरु हुनेछ ।
सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रँदा नेपाललाई सहज हुने छैन । तर, सुरुवाती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ ।
भारतविरुद्धको खेल नेपालको लागि महत्त्वपूर्ण रहेको छ । साफ जित्ने लक्ष्यसहित मालदिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।
याे पनि : यस्तो छ नेपालको फाइनल समीकरण
मकालु खबर
२०७८ असोज २४ गते
प्रतिक्रिया
सम्बन्धित